इमर्जिङ नेपालले माघ २६ गतेदेखि साढे ५ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । इमर्जिङ नेपालले माघ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ११ हजार १ सय १२ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि छुट्याइएको छ भने २७ हजार ७ सय ८९ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स