नेप्से परिसूचक बढेर १६.४१ अंकमा, साढे १७ अर्बको कारोबार

काटमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहिबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ अंकमा सीमित भएको छ ।

आज ३ करोड ६६ लाखको कित्ता सेयर १७ अर्ब ५१ करोडमा खरीद बिक्रि भएको छ ।
त्यसैगरि ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।

आज महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, रुरु जलविद्युत् परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स