जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्ने, तोकियो आईपीओ मिति

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्ने मिति तोकेको छ । कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो।

जस मध्ये ८ हजार कित्ता सेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ ।

इच्छुकले आगामी माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । यदि उक्त अवधिसम्म पनि माग अनुसारको आवेदन नपरेमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन खुला गरिने व्यवस्था छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ ।

हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स