एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स