आज सेयर मूल्य बढेका कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन ३.३३ अंकले बढेर २,७७९.९८ विन्दुमा रहेको छ ।

बिहिवार २२४ कम्पनीहरुको सेयर ५० हजार ९६५ पटक कारोबार भएको छ । ६६ लाख ७५ हजार २३१ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ९० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज पनि सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,२१६.६० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३३८.२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर आज पनि दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ४६३.२० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५०९.५० रुपैयाँमा कारोबार भएको छ ।

आँखु खोला जलविद्युतको सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले बढेको छ । हिजो सो जलविद्युतकोे प्रति कित्ता सेयर मूल्य ३०६.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३०७ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स