सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन ३.३३ अंकले बढेर २,७७९.९८ विन्दुमा रहेको छ ।

बिहिवार २२४ कम्पनीहरुको सेयर ५० हजार ९६५ पटक कारोबार भएको छ । ६६ लाख ७५ हजार २३१ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ९० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ ।

सप्तकोशी डेभलपमेण्ट बैंकको सेयर मूल्य सवभन्दा बढी ४.१४ प्रतिशतले घटेको छ । हिजो उक्त बैंकको प्रति कित्ता सेयर मूल्य ३६० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३४५.१० रुपैयाँमा खरिदबिक्री भएको छ ।

यूनाईटेड आईडी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ३.९० प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोकोे प्रति कित्ता सेयर मूल्य ६०९.८० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५८६ रुपैयाँमा कारोबार भएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य १,५८० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,५७९.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स