सेयर बजारमा हरियाली, ३ अर्बको कारोबार, दुई कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६६ लाख ७५ हजारको कित्ता सेयर ३ अर्ब ३४ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

आज बिहीबार नेशनल लाईफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । इन्स्योरेन्सको २० करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स