नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ १२ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स