३ दिन सेयर बजार करेक्सन भएको हो, भोलिबाट बजार बढ्छः लगानीकर्ता नरेन्द्रमान श्रेष्ठ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा यो साताको पहिलो ३ दिन भारी गिरावट देखिएको छ । आइतबार र मंगलबार सामान्य गिरावट देखिए पनि सोमबार भने उच्च गिरावट देखिएको छ । पहिलो ३ दिनमा नेप्से ११६.२७ अंकले घटेर २८१५.०६ विन्दुमा आइपुगेको छ ।

आइतबार १०.८२५, सोमबार ९९.८५ र मंगलबार ५.५९ अंकले नेप्से घटेको छ ।

२२८१.६७ अंकसम्म घटेको नेप्से ढेड महिनाको अवधिमा ६५० अंकसम्म बढेको थियो ।

घट्ने र बढ्ने पूँजी बजारको प्राकृतिक नियम नै हो । घटेको बेला आत्तिने र बढेको समयमा मात्तिनु नहुने लगानीकर्ता नरेन्द्रमान श्रेष्ठ बताउँछन् ।

‘पछिल्लो ढेड महिनामा सेयर बजार निकै अंकले बढेको छ । निरन्तर चढाइलाई पनि सेयर बजारमा राम्रो मानिदैन,’ श्रेष्ठले भने, ‘समय समयमा करेक्सन पनि आवश्यक हुन्छ ।’ यो साताको पहिलो ३ दिनको कारोबारलाई करेक्सनको रुपमा बुझ्नु पर्ने उनको भनाइ छ ।

यो घटाइ स्वभाविक हैन, अर्का साताबाट सेयर बजार बढ्छः लगानीकर्ता नरेन्द्रमान श्रेष्ठ (hamroartha.com)

२२ सयको विन्दुमा सेयर खरिद गर्न चुकेकाहरु बढ्दो बजारमा चुकचुकाइ रहेका थिए । त्यस्ता लगानीकर्ता बजार केही तल ओर्लियोस् र सेयर खरिद गरुला भन्ने योजना रहेका छन् । साथै, २७, २८ सयको विन्दुमा नाफा बुक गरेर बस्नेहरु पनि २९ सयबाट बजार केही तल झर्यो भने खरिद गछु भन्ने सोच बनाएका हुन् । साथै बजारलाई नियालेर बसेका तर बजार प्रवेश गर्न नसकेका पनि अवसरको खोजिमा छन् । अहिलेको करेक्सन यी ३ प्रकारका लगानीकर्तालाई बजारमा प्रवेश गर्ने अवसरको रुपमा आएको उनी दावी गछर्न ।

३ दिन उच्च विन्दुको करेक्सन भइसकेकाले अब भोलि (बुधबार) बजार बढ्ने सम्भावना रहेको श्रेष्ठ बताउँछन् ।
पछिल्लो समय सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने र लघुवित्तहरुले कर्जा प्रवाहका लागि बैंकहरुबाट सहज रुपमा रकम प्राप्त गर्न नसेका विषय पनि आइरहेका छन् । यसले पनि बजार स्वभाविक करेक्सनभन्दा बढी नै घटाउन मद्दत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स