काठमाडौं । आज (मंगलबार) बाट सेन्ट्रल फाइनान्सले ३.३० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालेको छ ।
कम्पनीले पुस १९ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा उक्त लाभांश जम्मा गर्न थालेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.३ प्रतिशत नगद लाभांश र ७.७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने जनाएको छ ।