लगातार तेस्रो दिन रोकिएन प्यानिक सेल, ६ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ओरालो यात्रा लगातार ३ दिनसम्म कायम रहेको छ । सरकारले बजारबाट एक खर्ब आन्तरिक ऋण उठाउने चर्चासँगै घट्न थालेको हो । तरलताको अभावसँग जुधिरहेका लगानीकर्ता सरकारको आन्तरिक ऋण उठाउने तयारीेले त्रसित भएको देखिन्छ । खरिदको तुलनामा बिक्रीको चाप पर्दा बजार घटेको हो ।

मंगलबार नेप्से ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीका सेयर ७२ हजार ४०१ पटक कारोबार भएको छ । ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

विन नेपाल लघुवित्त र बुद्ध भुमी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१०.३५ प्रतिशत एग्रिकल्चरल बैंक डिभेन्चर २०८३ को मूल्य ८.३४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स