छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आज माघ ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गरेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले पुस २१ गते सेयर दाखिला खारेजी गरेको थियो ।

पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन्।

हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स