आज सेयर मूल्य घटेका कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको पहिलो दिन १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा रहेको छ ।

आइतवार २३२ कम्पनीहरुको सेयर ८७ हजार ४७८ पटक कारोबार भएको छ । १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर खरिदबिक्री भई ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।

समलिङ्ग पावर कम्पनीको सेयर मूल्य सवभन्दा बढी ६.६९ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ७३२ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६८३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

गोर्खाज फाइनान्सकोे सेयर मूल्य ५.५२ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फाइनान्सकोे प्रति कित्ता सेयर मूल्य ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८२२ रुपैयाँमा कारोबार भएको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०५ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य १,४६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,४६४ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स