११ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेकस ०.३६ अंकले बढेर ५४४.११ विन्दुमा पुगेको छ ।

आइतबार २३२ कम्पनीका सेयर ८७ हजार ४७८ पटक कारोबार भएको छ । १ करोड ४७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका उपसमूहहरु मिश्रित देखिएका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूह बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमी नेपाल हाइड्रोपवारको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य ६.६९ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स