काठमाडौं । बुधबार नेप्से परिसूचक ०.९४ अंकले बढेर ३१६२.५९ अंकमा सीमित भएको छ ।
आज २ करोड ७२ लाखको कित्ता सेयर १५ अर्ब ४५ करोड रूपैयाँमा खरीद बिक्रि भएको छ ।
यो दिन ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
आज भएको कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत् परियोजना, आइसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियनलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरलगायतका कम्पनी छन् ।