नेशनल माइक्रोफाइनान्सको लाभांश पारित

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । कम्पनीको माघ ६ गते सम्पन्न ८ औं वार्षिक साधारणसभाले सेयरधनीलाई दिने ४५ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको हो ।

योसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पाउने छन् ।

बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ५८ करोड ६७ लाख पुगेको छ ।

सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स