नेप्सेले २९ सय विन्दु पार गर्यो, पौने ६ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २९ सय विन्दु पार गरेको छ । बिहीबार नेप्से ३३.०३ अंकले बढेर २९३१.२३४ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा २२९ कम्पनीको सेयर ७५ हजार ५८२ पटक कारोबार भएको छ । १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

मौलुङ खोला जलविद्युत, तेह्रथुम पावर, बुद्धभुमी नेपाल हाइड्रको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१२ प्रतिशत आईएफसी फाइनान्स डिभेञ्चर २०८३ को मूल्य ४.३९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स