५ कम्पनीको १ अर्ब ३९ करोडको आईपीओ स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ कम्पनीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) अनुमति दिएको छ । गत बुधबार बसेको बोर्डको बैठकले ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको सेबोनका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

‘हाइड्रोपावर, लघुवित्त, नेपाल सरकारको लगानी भएका आवश्यक कागजात पुगेको कम्पनीलाई आईपीओ निष्कासनको अधिकार दिइने निर्णय भएको छ,’ कार्यकारी निर्देशक गिरीले भने, ‘आईपीओ निष्कानका लागि अनुमति दिनका लागि बोर्डको एक जना सदस्यलाई अख्तियारी दिइएको छ ।’

बोर्ड सञ्चालक समिति बैठकले अर्थमन्त्रालयका तर्फबाट सञ्चालक रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई आईपीओको अनुमति दिने अधिकार दिएको थियो ।

गत बुधबारको बोर्ड बैठकले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ ।

स्वीकृती पाउनेमा ३ वटा लघुवित्त र २ वटा हाइड्रोपावर कम्पनी छन् ।

जसमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर हाइड्रो पावर रहेका छन् ।

यी कम्पनीले १ अर्ब ३९ करोड ४० लाख ४४ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका हुन् ।
नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ८ करोड २८ लाख ७५० हजार रुपैयाँको आईपीओ जारी गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँको आईपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले ८ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्दैछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापीटल रहेको छ ।

बलेफी हाइड्रो पावरले ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्दैछ । कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँको आईपीओ जारी गर्दैछ । कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिल रहेको छ ।

ग्रीन भेन्चर हाइड्रोपावरले ६२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दैछ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्देछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स