आरएमडीसी लघुवित्तको लाभांश पारित

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई दिने लाभांश पारित गरेको छ । लघुवित्तको पुस ३० गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले २५ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको हो ।

सभाले संचालक समितिद्वारा सेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

यस पश्चात संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख पुग्ने छ ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा संचालन मुनाफा ३१ करोड १० लाख आर्जन गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स