एनसीसी बैंकको लाभांश पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले प्रस्तावित ८.०२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको पुस २९ गते बसेको २४औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई दिने उक्त प्रस्तावित लाभांश पारित गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसपछि बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स