गुडविल फाइनान्सको १३ प्रतिशत लाभांश पारित

काठमाडौं । गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश पारित गरेको छ । संस्थाको पुस २९ गते बिहीबार बसेको साधरण सभामा सेयरधनीहरुलाई दिने उक्त लाभांश पारित भएको हो ।

सभाले हाल कायम भएको चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर तथा ३.९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा सरकारले घोषणा गरेको बन्दाबन्दी तथा अन्य विविध समस्याका कारण व्यवसायमा उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर बताएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स