बजार बढ्दा पनि सेयर मूल्य घट्ने कम्पनी यी हुन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहीबार ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा रहेको छ ।

आज २२४ कम्पनीहरुको सेयर ७७ हजार ६६८ पटक कारोबार भएको छ । १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७९ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ ।

नबिल डिबेञ्चर–२०८५ को सेयर मूल्य सवभन्दा बढी २.०३ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ९२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९०१.३० रुपैयाँमा खरिदबिक्री भएको छ ।

एनआईसी एशिया सेलेक्ट फण्ड–३० को सेयर मूल्य १.४१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ९.२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९.१२ रुपैयाँमा कारोबार भएको छ ।

बोटलर्स नेपाल (तराई) को सेयर मूल्यमा सवभन्दा कम ०.०८ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य १५,६४९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १५,६३६.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स