आज यी कम्पनीको सेयर मूल्यमा उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहीबार ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा रहेको छ ।

आज २२४ कम्पनीहरुको सेयर ७७ हजार ६६८ पटक कारोबार भएको छ । १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७९ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ३४४.८० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३७९.२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

माउन्टेन हाईड्रो नेपालको सेयर मूल्य ९.४४ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ४६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५०८.९० रुपैयाँमा कारोबार भएको छ ।

एनएमबि बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०८ प्रतिशतले बढेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३५३.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३५३.४० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स