काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ ।
साताको अन्तिम दिन नेप्सेमा २२४ कम्पनीको सेयर ७७ हजार ६६८ पटक करोबार भएको छ ।
१ करोड १८ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री हुँद ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज अन्य उपसमूह बाहेक बाँकी सबै उपसमूह बढेका छन् ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।