उन्नति सहकार्य लघुवित्तको बोनस सेयर पारित

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई दिने बोनस सेयर पारित भएको छ । संस्थाको पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारणसभाले प्रस्तावित ३० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले बोनस सेयरपछि एक करोड ७८ लाख रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

योसँगै बोनस वितरण र एफपीओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी २४ करोड ६८ लाख रुपैयाँ र अधिकृत पुँजी ५० करोड रुपैयाँ पुग्ने छ ।

हाल १७ करोड ६१ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स