प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बढ्यो बोनसदर

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई दिने लाभांश संशोधन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बोनस सेयर १४.२५ प्रतिशत र नगद ०.७५ प्रतिशत लाभांश दिने भएको छ ।

यसअघि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

इन्स्योरेन्सले आगामी माघ २१ गते भर्च्युअल माध्यमबाट २८औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स