नेपाल क्लियरिंग हाउसको लाभांश पारित

काठमाडौं । नेपाल क्लियरिंग हाउस (एनसिएचएल)को ४० प्रतिशत लाभांश पारित भएको छ ।

संस्थाको पुस २८ गते सम्पन्न दशौं साधरणसभाले सेयरधनीहरुलाई दिने उक्त लाभांश पारित गरेको हो ।

सभाले हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस सेयर तथा २ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ ।

विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स