१५८ कम्पनीको सेयर मूल्य घट्दा पनि यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा रहेको छ ।

आज २२९ कम्पनीहरुको सेयर ९० हजार ५९० पटक कारोबार भएको छ । १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कर्पोरेट डेभलपमेण्ट बैंकको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त बैंकको प्रति कित्ता सेयर मूल्य ५५०.२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६०५.२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो बैंकको प्रति कित्ता सेयर मूल्य ३३९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३७२ रुपैयाँमा कारोबार भएको छ ।

एनएमबि ५० को सेयर मूल्यमा सवभन्दा कम ०.०८ प्रतिशतले बढेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य १२.८० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १२.८१ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स