६ लघुवित्तसहित २९ कम्पनीको साढे ७ अर्बको आईपीओ पाइपलाइनमा, कसको कति ?

काठमाडौं । विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २९ वटा कम्पनीले ७ अर्ब ५१ करोड ४६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ८४ लाख २६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।

आवेदन दिने कम्पनीमध्येमा १९ वटा हाइड्रोपावर, ६ वटा लघुवित्त, २/२ वटा इन्स्योरेन्स कम्पनी र अन्य कम्पनी छन् ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, ४ महिनायता बोर्डको अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन ।

अनुमतिको पर्खाईमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी आईपीओ रिलायवल लाइफ इन्स्योरेन्सले निकाल्न लागेको छ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरि २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योरेन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रो, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत र इस्टर्न हाइड्रोपावरको प्रारम्भिक समीक्षा भइरहेको बोर्डले जनाएको छ ।

यसैगरी डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदनको प्रारम्भिक समीक्षा गरी कम्पनीलाई प्रतिक्रिया पठाइएको बोर्डले जानकारी दिएको छ ।

विन्धावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको आवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/ipo-pipeline.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स