जानकी फाइनान्सको लाभांश प्रस्ताव, बोसन र नगद कति ?

काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २७ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६० करोड ४ लाख रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ९ करोड ६१ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतका दरले हुन आउने ४७ लाख ४० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स