आज नेप्सेले २८ सय विन्दु पार गर्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेमा स्थिर रहेको छ ।

मंगलबार २३२ कम्पनीहरुको सेयर ७७ हजार १५ पटक कारोबार भएको छ । १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ ।

नारायणी डेभलपमेण्ट बैंककोे सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त बैंकको प्रति कित्ता सेयर मूल्य ५१९ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५७०.९० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ६३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६९३ रुपैयाँमा कारोबार भएको छ ।

अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । सो बैंकको हिजो प्रति कित्ता सेयर मूल्य ६८८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६८८.१० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स