आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन १९.४३ अंकले बढेर २,७८४.९५ विन्दुमा पुगेको छ ।

सोमबार २३६ कम्पनीहरुको सेयर ७७ हजार १८३ पटक कारोबार भएको छ । १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर खरिदबिक्री भई ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १११ कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रभु सेलेक्ट फण्डको सेयर मूल्य सवभन्दा बढी ३.१७ प्रतिशतले घटेको छ । हिजो उक्त फण्डको प्रति कित्ता सेयर मूल्य ९.४७ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९.१७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य २.९९ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हिल्सको प्रति कित्ता सेयर मूल्य १,५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,४६० रुपैयाँमा कारोबार भएको छ ।

किसान लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य १,४५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,४४९.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स