नेप्सेमा उछाल कायम, ७ अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा उछाल कायम देखिएको छ । सोमबार नेप्से १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ ।

आज २३६ कम्पनीको सेयर ७७ हजार १८३ पटक कारोबार भएको छ । १ करोड ४२ लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा उछाल देखिँदा पनि बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादन मुलक उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी उपसमूह भने बढेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह २१८.२ अंकले बढेको छ ।

मध्यभोटे कोशी जलविद्युत, यूनियन हाइड्रो पावर र कर्पोरेट डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रभु सेलेक्ट फण्डको मूल्य ३.१७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स