एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत भएको छ । बीमा समितिले पुस २५ गते कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स