काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको छ ।
आइतबार २३९ कम्पनीहरुको सेयर ८२ हजार ११३ पटक कारोबार भएको छ । १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर खरिदबिक्री भई ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १८३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेपाल हाईड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ४०८ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४४८.८० रुपैयाँमा खरिदबिक्री भएको छ ।
हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ४१९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४६०.९० रुपैयाँमा कारोबार भएको छ ।
स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०८ प्रतिशतले बढेको छ । सो बैंकको हिजो प्रति कित्ता सेयर मूल्य १,१९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,१९१ रुपैयाँमा कारोबार भएको छ ।
आज सेयर मूल्य बढेका कम्पनीहरुः