सेयर बजारमा उछाल, ७३ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५० लाखको कित्ता सेयर ७ अर्ब १० करोड १८ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली छाएको छ ।

आज १८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल हाइड्रो डेभलपर्स लि. र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स