काठमाडौं । विजय लघुवित्तले सेयरधनीहरुलाई दिने २१.०९ प्रतिशत लाभांश पारित गरेको छ ।
संस्थाको ९ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई दिने उक्त लाभांश पारित गरेको हो ।
सभाले हाल कायम भएको चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस सेयर तथा १.०६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, २०७८ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७७/०७८ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।