ज्योति विकास बैंकको लाभांश पारित

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीहरुलाई दिने १५.५ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकको पुष २३ गते शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

सभाले बैंकको हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर पारित भएपछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स