चिलिमे जलविद्युतको लाभांश पारित

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा काठमाडौंको धुम्बाराहीस्थति स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्समा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७ं५ प्रतिशत बोनस सेयर र नगद लाभांश ७.५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स