काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई दिने ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
पुस २१ गते बसेको संस्थाको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा समितिले स्विकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।