३० अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ५९ हजारको कित्ता सेयर ४ अर्ब ६२ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, ५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज, हाइड्रोपावर र फाइनान्स बाहेक सबै उपसमूह राताम्मै देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स