काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा सीमित हुनपुगेको छ ।
सोमबार २ करोड ५३ लाखको कित्ता सेयर १४ अर्ब १३ करोडका खरिद बिक्रि भएको छ ।
त्यसैगरि, आज भएको कारोबारमा ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
यो दिन ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आईसीएफसी फाइनान्स, कर्पोेरेट डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, जीवन विकास लघुवित्तलगायतका कम्पनी छन् ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, माथिल्लो तामाकोसी, अपि पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी सबैभन्दा अगाडि छन् ।