नेप्सेमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको तेश्रो दिन ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेर स्थिर रहेको छ ।

मंगलबार २३४ कम्पनीहरुको सेयर ५५ हजार ३७८ पटक कारोबार भएको छ । ९१ लाख १० हजार ७५८ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६६ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।

श्री इन्भेष्टमेण्ट फाइनान्सको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त फाइनान्सको प्रति कित्ता सेयर मूल्य ४३९ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४८२.९० रुपैयाँमा खरिदबिक्री भएको छ ।

सप्तकोशी डेभलपमेण्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो बैंकको प्रति कित्ता सेयर मूल्य ३२६ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३५८.६० रुपैयाँमा कारोबार भएको छ ।

राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । सो कम्पनीको हिजो प्रति कित्ता सेयर मूल्य १७,९९९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १८,००० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स