सूर्या लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३.३६८४ प्रतिशत लाभांश पारित भएको छ । इन्स्योरेन्सको पुस १९ गते सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई दिने प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश पारित गरेको हो ।

योसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.७० प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी वृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ ।

कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्ममा १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब एक करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा २९ करोड १८ लाख रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स