३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा उछाल देखिएको छ । सोमबार नेप्से ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको सेयर ५४ हजार ५०५ पटक कारोबार भएको छ । ८२ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

६ वटा कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा माथिले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स