सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा ६.८४ गुणाले बढी पर्यो आवेदन, १८ लाख आवेदको हात खाली

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा ६.८४ गुणाले बढी आवेदन परेपछि १८ लाख जना बढी आवेदक हात खाली हुने देखिन्छ ।  कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना आवेदकले आवेदन दिएका छन् । उक्त आवेदन ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता आईपीओको लागि परेको हो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ अव गोलाप्रथाबाट बाँडफांड हुनेछ । आईपीओ १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र पाउने छन् ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स