सिभिल र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस १९ गते सोमबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १९ गतेसम कायम सेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सिभिल बैंकले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्।
त्यस्तै रिलायन्स फाइनान्सले पुस ३० गते नै साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स