काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५ कित्ता हकप्रद सेयरका लागि बुक क्लोज मिती तोकेको छ । बैंकले पुस २६ गते बुक क्लोज मिती तोकेको हो ।
पुस २५ गतेसम्म बैंकको सेयर हुनेले १ः१.५ हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको २०७६ भदौ २५ गतेको विशेष साधारण सभाबाट हालको चुक्ता पुँजी २० करोडको १ः१.५ बराबर हकप्रद जारी गर्ने निर्णय भएको थियो ।
बैंकले ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/CORBL-Book-Close-for-Right-shares.pdf” cache=”off”]