मूल्य समायोजन भएर सस्तीएको सेयरमा लगानीकर्ता आकर्षित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । उक्त दिन नेप्सेमा नबिल बैंक, कृषि विकास बैंक, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त वित्तीय संस्था र हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ ।

साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मल्य निर्धारण गरेको हो ।

मूल्य समायोजित हुँदा आज (आइतबार) यी कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सस्तो भएका छ । मूल्य सस्तो भएसँग यी कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । लगानीकर्ताको आकर्षण बढेसँगै यी कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

मूल्य समायोजन भएर नबिल बैंकको सेयर मूल्य १०८५.३३ रुपैयाँमा आएको थियो । आज नबिल बैंकको सेयर मूल्य ५.४१ प्रतिशत अर्थात ५८.६७ रुपैयाँले बढेर ११४४ रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएर ४१० रुपैयाँमा आएको थियो । आज कृषि विकास बैंकको सेयर मूल्य ०.२४ प्रतिशत अर्थात १ रुपैयाँले बढेर ४११ रुपैयाँ पुगेको छ ।

गुडविल फाइनान्सको सेयर मूल्य समायोजन भएर ५३३.४६ रुपैयाँमा आएको थियो । आज गुडविल फाइनान्सको सेयर मूल्य ४.६० प्रतिशत अर्थात् २४.५४ रुपैयाँले बढेर ५५८ रुपैयाँ पुगेको छ ।

फरवार्ड लघुवित्तको सेयर मूल्य समायोजन भएर १९६२.९६ रुपैयाँमा आएको थियो । आज फरवार्ड लघुवित्तको सेयर मूल्य ४.४३ प्रतिशत अर्थात ८७.०४ रुपैयाँले बढेर २०५० रुपैयाँ पुगेको छ ।

हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएर ३९२५.७१ रुपैयाँमा आएको थियो । आज हिमालयन डिष्टिलरीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात ३९२.२९ रुपैयाँले बढेर ४३१८ रुपैयाँ पुगेको छ ।

नेप्सेले नबिल बैंकको ३३.६० प्रतिशत, हिमालयन डिष्टिलरी ७५ प्रतिशत, गुडविल फाइनान्सको ९.१० प्रतिशत, फरवार्ड लघुवित्तको ३५ प्रतिशत र कृषि विकास बैंकको २० प्रशित बोनस सेयर समायोजन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स