नेप्सेको साढे ६० अंकको उछाल, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको छ । आइतबार नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको छ । आज नेप्से २.३९ अंकले बढेको हो ।

२४० कम्पनीको सेयर ५३ हजार १२२ पटक कारोबार भएको छ । ७१ लाख ६० हजार ९८३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरी र मध्य भोटेकोशी जलविद्यूत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स